जमरकट्टेल बंश एकता प्रतिष्ठानको अध्यक्षमा कुमारमणी निर्वाचित

विराटनगर, ५ भदौं । जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिको अध्यक्षमा कुमारमणी जमरकट्टेल निर्वाचित भएका छन् । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल निर्वाचित भएका छन् । महासचिवमा उदयप्रसाद तथा सचिवमा रबिन र डिल्लीराम जमरकट्टेल निर्वाचिन भएका छन् । कोषाध्यक्षमा टिकाराम जमरकट्टेल निर्वाचित भए । समितिको सदस्यमा लोकनाथ, चिनमाया, एकराज, ख्यामराज, शेषकुमार, घट्टराज, गणराज, कोपिला र कविता जमरकट्टेल चयन भएका छन् ।

२३ सदस्यीय बन्ने सो कार्यसमितिका वाँकी पाँच सदस्य नव निर्वाचित कार्यसमितिको बैठकले चयन गर्ने प्रतिष्ठानले जनाएको छ । समितिले जमरकट्टेलहरुबीच एकता र सहयोग आदान प्रदानमा जोड दिदैं आपसी बन्धुत्वको भावना विकासमा भूमिका निर्वाह गर्नेछ । यसैबीच, निवर्तमान महासचिव थिरप्रसादले प्रस्तुत गरेको आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष दिब्यराजले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा मोरङको कानेपोखरी–३ निवासी ९० बर्षीया धनकुमारी जमरकट्टेललाई ज्येष्ठताको आधारमा दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मानित पनि गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।