खोटाङमा एसईई ग्रेड वृद्धि परीक्षामा १ हजार ७३६ परीक्षार्थी सहभागी हुने

खोटाङ, १० भदौ । खोटाङमा माध्यामिक शिक्षा परीक्षा (एसईई)काे ग्रेड वृद्धि परीक्षा २०७८ को तयारी पूरा भएको छ । ११ र १२ भदौमा सञ्चालन हुने परीक्षामा जिल्लाका एक हजार ७३६ परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए ।

परीक्षाका लागि सरस्वती माबि दिक्तेल, पञ्च माबि दिक्तेल, दिक्तेल इंग्लिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने छ । परीक्षा सञ्चालनका लागि सम्बन्धित् केन्द्रका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

एसईई ग्रेड वृद्धि परीक्षामा जिल्लाका १०० विद्यालयमध्ये ९३ विद्यालयका छात्र/छात्राले परीक्षा दिने कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।