भोजपुरको पौवादुङमा गाउँपालिकामा विशेष पोषण कार्यक्रम

भोजपुर, १५ भदौ । पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको सुरुआत गरेको छ । कुपोषणलाई शून्यमा झर्ने उद्देश्यले गत शुक्रबारबाट कार्यक्रमको सुरुआत गरेको हो ।

नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विषेश पोषण कार्यक्रम सुरु गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विषेश पोषण कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतका विषयमा तथ्याङ्क राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।

बच्चाको स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरिएको हो । अभियानअन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकालाई लक्षित गरेर तौल जाच्ने मेसिन र पोषण लिटो पनि वितरण गरिएको छ । अभियान छ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्याङ्कका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । प्रदेश नं १ बाट यो गाउँपालिका छनोट भएकाले पाइलट प्रोग्रामका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेश १ का अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उपाध्यायको भनाइ छ ।

बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयं सेविका, आमा समूह, महिला समूहबाट राय सुझाव लिएर कार्यक्रम लागू गरेको भट्टराईको भनाइ छ ।

गाउँपालिकाका बालबालिकालाई प्रयाप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उहाँको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।