उदयपुर घटना : ह’त्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुर, १८ भदौ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको ह’त्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको ह’त्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खु’कुरी प्र’हार गरी ह’त्या गरेका थिए । मृ’तक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । ह’त्यापछि नरबहादुर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो । उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो । नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फँुयालले बताउनुभयो । तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।(रासस)

भदौको दोस्रो सातादेखि भएको वर्षाले किसानलाई राहत
–अजयकुमार साह/धनुषा, १८ भदौ (रासस) ः भदौको दोस्रो सातादेखि भएको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई भदौरे झरीले राहत मिलेको हो ।

लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धानखेतीलाई सिँचाइ सुविधा पुगेको मिथिला नगरपालिका–२ नक्टाझिजका किसान सुखन महतोले बताउनुभयो । “धेरै ठाउँमा रोप्न नपाए पनि थोरै ठाउँमा रोपेको धान पनि सुक्न थालेको थियो तर पछिल्लो एक सातादेखि बेला–बेला परेको वर्षाले धानखेतीमा सिँचाइ पुगेको छ”, उहाँले भन्नुभयो, “अब त उब्जनी बढ्ला कि भन्ने आशा पनि पलायो ।”

यस वर्ष भदौको पहिलो साता लागिसक्दा पनि पर्याप्त वर्षात् नहुँदा अधिकांश किसान धान बाली राम्रो नहुने चिन्तामा थिए । धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गरेका हुन् । मल अभावमा धानखेती गरेका अधिकांश किसान पानी पनि नपरेपछि उत्पादन घट्ने चिन्तामा थिए तर अहिलेको वर्षाले धान उत्पादन बढ्ने आशा पलाएको वटेश्वर गाउँपालिका–५ शान्तिपुरका किसान जोगिन्द्र यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साउन सकिदा पनि पानी परेन, भदौ पनि लाग्यो अझै पानी परेन, खेतमा धान सुक्न थालेको थियो, अब त यस वर्ष धानखेतीको उत्पादन पनि खान नपाइने भइयो भन्ने चिन्ता थियो तर अहिले चार–पाँच दिन प्रायः नियमित परेको पानीले धेरै राहतको महसुुस गरेका छौँ ।” सुखन र जोगिन्द्रजस्तै धेरै किसानलाई अहिलेको वर्षात्ले राहत भएको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका–४ रमदैयाका जगदीश यादवले अहिले पानी परेपछि सुकेको खेतले शीतलता पाएको बताउनुभयो ।

“पानी लामो समयसम्म नपर्दा खेतमा चिराचिरा पर्न थालेको थियो”, उहाँले भन्नुभयो, “पानी परेपछि थोरै भए पनि राहत महसुस गरेको छु ।” यस वर्ष समयमै वर्षात् नहुँदा करिब दुई बिघा खेतमा धान रोप्न नपाएको उहाँले बताउनुभयो ।रमदैयाकै अर्का किसान दिपो यादवले भन्नुभयो, “सिँचाइको सुविधा छैन, खेतमा धान रोप्नलाई आकाशबाट पर्याप्त पानी परेन, डिपबोरिङको पानीले सबै खेतमा नपुगेपछि करिब एक बिघा जग्गा खाली नै छ ।” उहाँले अहिलेको पानीले पहिले रोपेको धानलाई राम्रो बनाए पनि नयाँ रोप्न नमिल्ने बताउनुभयो ।

सिँचाइ सुविधा नहुँदा बर्सेनि आकाशकै भर पर्नुपर्ने अवस्था रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका सुखारी साहले बताउनुभयो । “आकाशबाट परेको पानीले खेती गरिरहेका हामीलाई गत बुधबार रातिदेखि परेको पानीले धेरै राहत दिएको छ”, उहाँले भन्नुभयो, “भदौको पहिलोे हप्ता लाग्दा पनि पानी नपर्दा हामी चिन्तामा थियौँ, तर ढिलै भए पनि पानी परेको छ ।” अहिले भएको वर्षाले अधिकांश किसानलाई शीतलता महसुस गराएको छ ।

अहिलेको वर्षाले सुक्न थालेको धानबालीलाई अमृत सावित भएको जनकपुरधाम वडा नंं ८ का किसान रामचन्द्र उपाध्यायले बताउनुभयो । करिब डेढ बिघामा धानको रोपाइँ गरेर दुईपटक दूधमति नदीबाट दमकल लगाएर सिँचाइ गरे पनि खेत निकै सुक्खा भएका कारणले सुक्न थालेको उहाँको भनाइ थियो । अहिले केही दिनदेखिको झरीका कारणले सुक्न थालेको धानको प्राण रक्षा गर्न मद्दत पुगेको अर्का किसान रघुवीर रायले जानकारी दिनुभयो ।

लामो समयसम्म मधेस प्रदेशका जिल्लामा पानी नपरेका कारणले किसान निकै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धानखेतमा चिरा परेर धान सुक्न थालेका थिए । केही दिनदेखिको वर्षाले खेतमा पानी जम्ने अवस्था सिर्जना भएकाले किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ ।

यहाँका अधिकांश जिल्लामा लामो समयसम्म वर्षा नभएका कारणले किसान निकै चिन्तित बनेका थिए । सिँचाइको वैकल्पिक माध्यमले खेतमा पानी पठाए पनि टिक्न कठिन भएका बेलामा अहिले भदौरे झरीले किसान खुसी भएका हुन् । यस प्रदेशको आठ जिल्लाका किसानले भदौको पहिलो सातासम्ममा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गरिसकेको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो । कुनै पनि वर्ष शतप्रतिशतमा रोपाइँ नहुने गरेको उहाँको भनाइ थियो ।

यस प्रदेशमा कुल कृषियोग्य भूमिमध्ये चार लाख पाँच हजार चार सय ५० हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले उपलब्ध गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँको प्रमुख खाद्यान्न बालीका रूपमा धान नै रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाशाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।