खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती, निर्माण पूरा भएकाे काम पनि गुणस्तरहीन भएकाे आराेप

खोटाङ, १८ भदौ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ ।

प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिच सुरु गरेको थियो । ३० असार ०७८ मा सक्नेगरी ३० असार ०७७ मा खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो ।

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब ६ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर, सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो ।

परिवर्तित डिजाइनअनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो । आरसिसी ढलान अन्तिम चरणमा पुगे पनि पिच सुरु भएको छैन । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका ईन्जिनियर धिरज शाहले बताए ।

सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ६० देखि ७० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदैआएको छ । शाहले गुणस्तरहीन काम भएको भनिएको ठाउँमा गत असारमा केही ठाउँमा ढलान फुटाउन लगाएको तर गुणस्तरका विषयमा कसैले गुनासो नगरेको बताए ।

उनले योजनाको सुरुवाती चरणमा केही स्थानीयले ५-१० प्रतिशत पैसा मागेको दावी गरे । ‘ठूलो योजनामा बालुवा, गिटी तलमाथि भइ नै हाल्छ । कहीँ कहीँ फुटाउन लगाएर फेरी गर्न लगाएको छु । बील पनि रोकेको छु,’ शाहले भने, ‘एक वर्षसम्म त उसको १० प्रतिशन धरौटी हुन्छ । ढलान राम्रो नभए फुटाउने हो, काम गराउने हो । अहिलेसम्म त्यस्तो केस परेको छैन । बिग्रेछ भने उनीहरूले नै बेहोर्छ, धरौटी जफत हुन्छ ।’

२०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबर झैं देखिएका छन् । खोटाङबजार प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको गृह वडा हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।