उदयपुरमा एउटै परिवारका ३ जनाको ह’त्या, ह’त्यामा संग्लग्न पक्राउ
उदयपुर, भाद्र १९ । उदयपुरको बेलका नगरपालिका-७ गोवाटारका एउटै परिवारका ३ जनाको ह’त्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धा’रिलो ह’तियारको प्र’हारबाट ‘हत्या भएको अवस्थामा मृ’त लाश फेला परेको थियो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खु’कुरी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिनिधिसभाको कार्यकाल लम्बायाउने कानुन फास्ट ट्रयाकमा
काठमाडौं, १९ भदौ/प्रतिनिधिसभाको कार्यकाल लम्बायाउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ । फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रस्तुत गर्नेछन् ।
सरकारले यो विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता गरेको थियो । यो विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १०५ मा विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव छ । विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना पाँच दिन अगाडि दिनुपर्ने व्यवस्था छ । यसलाई घटाएर एक दिनमा झारिएको हो ।
यस्तै, नियमावलीको नियम १११ मा विधेयकमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधन प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ । यसलाई घटाएर २४ घण्टामा झारिएको हो । यसअनुसार आजै विधेयक सभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्नेछ र दोस्रो बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।


