मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

मोरङ, २० भदौ । मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।

हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सिङ्गो दलित बस्ती शौचालयविहीन
जनकपुरधाम, २० भदौ (रासस) ःसप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताउनुभयो ।

“सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन््”, उहाँले भन्नुभयो, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ”

डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय भए पनि छेउमै रहेको मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको सदाको भनाइ छ ।

शौचालय बनाउनु आवश्यक रहे पनि आफ्नो जग्गा नहँुदा शौचालय बनाउन नसकिएको स्थानीयले जनाएका छन् । “शौचालय त चाहिन्छ, बनाउने इच्छा पनि छ”, स्थानीय रामदेव सदाले भन्नुभयो, “तर शौचालय बनाउने जग्गा छैन, मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौँ ।” अन्य कारणभन्दा पनि जग्गाकै अभावमा शौचालय बनाउन नसकिएको उहाँको कथन छ । सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाको रुपमा काम गर्दै आएका छन् ।

ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ । आर्थिक विपन्नता, जग्गाको अभावलगायतका कारणले आफू अझै शौचालय बनाउन नसकिएको अर्का स्थानीय राधादेवी सदाले सुनाउनुभयो । “मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ”, राधादेवीले भन्नुभयो, “शौचालय बनाउन कम्ती पनि रु १५÷२० हजारसम्म पर्छ, तर त्यति पैसा नै छैन् कहाँबाट बनाउनु ? ।” चाहेर पनि पैसाको समस्या चर्पी बनाउन नसकिएको उहाँको दुखेसो छ ।

गत २०७५ सालमा ऋण लिएर भए पनि फुसको छाप्रो हालेर स्थानीयले बनाएको फुसको छाप्रो शौचालय वर्षा र बाढीले क्षतिग्रस्त भए यता शौचालय बनाउन नसकिएको बताएका छन् । दलित समुदायमा शौचालयको ठूलो समस्या रहेकाले शौचालय बनाउन प्रेरित गर्दै आएको सो बस्तीमा हरवाचरवा सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्दै आएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहनुभएका स्थानीय नरेश सदाको भनाइ छ ।

“शौचालय बनाउनुस्भन्दा उहाँहरू जग्गा छैन, पैसा छैन भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले शौचालयका लागि संस्थाको तर्फबाट र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौँ, तर मुख्यतः जग्गाको अभाव छ ।” कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी–५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताउनुभयो ।

“दलित बस्तीमा जग्गा अभाव त छ, तर जग्गा भएकाले पनि सरकारले शौचालय बनाइदिन्छ, शौचालय बनाउन खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा शौचालय बन्न नसकेको हो”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।