आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जंगलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको हो ।

मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीयस्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।

मैस्याङटारको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुवस्मृति पार्क, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायतका संरचना बनिसकेको छ । यस्तै, सुम्निमा-पारुहाङ पार्क निर्माणको काम भइरहेको छ । डाँडाका ठाउँठाउँमा बसेर रमिता हेर्न र आराम गर्न फलामका फलैंचा बनाइएको छ ।

मैस्याङटारको डाँडामा शिव-पार्वती, गणेश मूर्ति, गुराँस पार्क निर्माण गर्ने योजना बनाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । यस्तै, मैस्याङटारको हरिया चौर र पाखोमा चिया बगान बनाउने, चौरी पालन गर्नेदेखि होमस्टेको योजना अघि सारिएको छ ।

घुमफिरसँगै वरपरका दृश्यावलोकनका लागि स्थानीय मैस्याङटार पुग्ने गरेका छन् । उत्तरका हिमाल सगरमाथादेखि दक्षिणमा तराईका फाँट दृश्यावलोकन गर्न सकिने मैस्याङटारमा मलायो पोखरी, रमणीय चौर, हरिया थुम घुमफिर गर्न सकिन्छ । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परेपनि दिप्रुङ चुइचुम्माबासीको रोजाइमा मैस्याङटार पर्ने गरेको छ । सफा मौसम भएका बेला तराईका भीमनगरसमेत देखिने वडाध्यक्ष राईले बताए ।

मैस्याङटार पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तीस र सल्लाको जंगल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । कुनै चाड वा अवसरका बेला मैस्याङटार पुग्ने स्थानीयले सडकमा पार्किङ गरेको सवारीसाधनले सहरको झल्को दिने गरेको स्थानीय गणेशकुमार कार्कीले बताए ।

परापूर्वकालमा ‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको इतिहास छ । मैस्याङ दिहुँबाट आएर सो स्थानमा बसेर खेतीपाती गरेर बसेको कार्कीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।