इलामको रोङमा कभर्डहल निर्माण

मङ्गलबारे, २३ भदौ । इलामको रोङ गाउँपालिकामा कभर्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहल निर्माणका लागि गाउँपालिकाले रु २५ लाख, संसदीय विकास कोष इलाम क्षेत्र नं १ ले रु ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले रु आठ लाख विनियोजन गरेको थियो । कभर्डहललमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ ।

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउनुहुन्छ । विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागिपर्नुभएका योगेश चाम्लिङले खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो । यसअघि कभर्डहल नहुँदा बर्खाको समयमा खेल अभ्यास गर्न समस्या हुने गरेको थियो । खुला मैदानमै अभ्यास गर्नुपर्ने बाध्यता थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।