सडक बिस्तार नसकिँदै आयोजनाको कार्यालय खारेज

बुटवल, २८ भदौ । सडक विस्तारको काम पुरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ ।

बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई वर्षदेखि अलपत्र छ ।

त्यस्तै बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

चौतर्फी दवावकाबीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्क विहीन भएपछि सडक प्रयोगकर्ताहरूलाई सास्ती भएको छ । सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनल देखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त छ ।

पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एकमहिना देखि बन्द गरिएको छ । पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घण्टौंसम्म सवारी साधनको बाक्लो भिड लाग्ने गरेको छ ।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ ।

गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ ।

आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिए । ‘खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छै,’ उनले भने ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर लगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौं पुगेर राजनीतिक र अदालतको ढोका ढकढक्याउने कामको अगुवाइ गरेका थिए । तर अहिले पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताएका थिए । तर अहिले भने उनले सडक बिस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताए ।

बुटवल–बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हालेका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिँदा सार्वजनिक रूपमा अपमानित गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।