मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

फुङ्लिङ, ९ असोज । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपाने बताउनुभयो ।

प्रतियोगितामा ताप्लेजुङको सबै स्थानीय तहले उत्साहजनक भागलिएको आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवं खेल संयोजक क्षितिज सुनुवारले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले रु एक लाख ४० हजार एक सय पाउनेछ । सेमीफाइनमा पुग्ने दुई समुहलाई तृतीय पुरस्कारस्वरुप रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।