पाँचथर र सुनसरीमा सवारी दुर्घटना, २ जनाको मृ’त्यु

बिराटनगर, असोज १३ । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन ।

हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृ’त्यु भएको हो ।

ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

सामाजिक कार्यमा जुट्दै नेपाली सेना
बझाङ, १३ असोज (रासस) :गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पु¥याउने कृषक पनि गाउँमै रोकिए ।

सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्योे । अहिले सोे सडक नियमित सञ्चालनमा छ ।

गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ । बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसरफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म गरिरहेको छ ।

बुधबार मात्रै गुल्मले डोटीबाट खप्तड प्रवेशद्वार झिग्रानादेखि बीचपानीसम्मको फोहोर व्यवस्थापन गरेको थियो । गुल्मपति सेनानी विनोदबहादुर सिल्वालले साढे छ किलोमिटर बाटो सरसफाइ गरेको बताउनुभयो । उहाँका अनुसार डोटीबाट खप्तड प्रवेशको बाटो मात्रै नभई सबै जिल्लाबाट खप्तड आउने बाटो सरसरफाइ गरिएको छ । निकुञ्जका कर्मचारीलाई समेत सहभागी गराई सरसफाइ गरेर व्यवस्थापन गरिएको सेनानी सिल्वालले बताउनुभयो ।

प्रकृति संरक्षणसम्बन्धी जनचेतना

गुल्मले सोमबार र मङ्गलबार अछामको साँफेबगर नगरपालिका–११ भिर्खु र दैलेकान्दामा प्रकृति संरक्षणसम्बन्धी स्थानीयमा जनचेतना कार्यक्रम गरेको छ । स्थानीय ४० जनाको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको सेनानी सिल्वालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै ठाउँमा प्रकृतिको दोहन भइरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तव्य हो । त्यसैले गुल्मले विभिन्न ठाउँमा प्रकृतिको संरक्षणका लागि सन्देशमूलक कार्यक्रम गरिरहेको छ ।”

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीयलाई सहभागी गराई सन्देशमूलक पर्चापम्पलेट पनि वितरण गरिएको उहाँले बताउनुभयो । सेनानी सिल्वालले यस्ता कार्यक्रमले प्रकृति संरक्षणमा जोड पुग्ने विश्वास लिएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।