खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग

खोटाङ, १७ असोज । खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ ।

करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाकालागि गाउँपालिकाले गत १ असोजमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो । तर, एक परीक्षार्थीले ‘सेटिङमा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुःन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन् । असोज २ गते दिइएको निवेदन उपर गाउँपालिकाबाट कुनै सुनुवाई नभएको निवेदकले बताएका छन् ।

आर्थिक वर्ष २०७९र०८० को करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले भदौ १० गते विज्ञापन आव्हान गरेको थियो । निवेदनमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनु पर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चलेअनुसार गाउँपालिका अध्यक्षले बोलाएकै व्यक्तिले उत्तिर्ण गरेको, उत्तिर्ण परीक्षार्थी १० मिनेटमै परीक्षा हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको उल्लेख छ । निवेदनमा परीक्षा सञ्चालन अवधिको सीसी क्यामेराको फुटेज हेर्नुपर्ने भनिएको छ । कानुन हातमा लिइ मनपरी गरेको हुनाले कानुनअनुसार पुनः परीक्षा गराइ दिन अनुरोध छ,’ निवेदनमा भनिएको छ, ‘निवेदनको बेवास्ता गरी पुःन परीक्षा नगराए माथिल्लो निकायमा जाने जानकारी गराइन्छ ।’

गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भने अन्तिम परिणाम घोषणा भइसकेकाले पुनर्वितार गर्न नसकिने बताएका छन् । “अरु विषयको परिक्षाको परिणामको बारेमा पनि केही भाईहरुले असन्तुष्टि जनाइरहेका थिए । लिखितरुपमा आधार दिनुस् भनेँ तर दिनु भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अनमीको विषयमा भोलीपर्सीपल्ट मात्र निवेदन परेको सुनेँ । अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको परीक्षा रोकेर भए पनि छलफल गर्न सकिन्थ्यो ।’

गाउँपालिकाले करारमा अनमीसहित हेल्थ असिस्टेन्ट, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो । केहीको परीक्षामा परिक्षार्थीले सन्तुष्टि जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖