जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ ।

उप्रेतीको शनिबार बिहानको राति १.३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय उप्रेतीको शनिबार बिहान ९ बजे बुढीगङ्गा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।रासस

सिद्धनाथ मन्दिरमा नवरात्रभर बीस हजार दर्शनार्थी
कञ्चनपुर, २२ असोज (रासस) ः भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा बीस हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । नवरात्र, गङ्गा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ ।

नवरात्रमा दैनिक दुई हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान् सिद्धनाथको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताउनुभयो । सिद्धनाथ बाबाको दर्शनका लागि पुग्नेमा अधिकांश भारतीय दर्शनार्थी रहेका छन् ।

“गएको दुई वर्ष कोरोना महामारीका कारण मन्दिरमा दर्शनार्थी पुग्न सकेका थिएनन्”, उहाँले भन्नुभयो, “कुनै आम्दानी भएन तर कोरोनाको सङ्क्रमण घटेसँगै भारतीय दर्शनार्थी आउन थालेपछि मन्दिरको आम्दानी पहिलेझै हुन थालेको छ । यस वर्ष मन्दिरको आम्दानी रु ७० लाखदेखि रु ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।”

“कोरोनाको सङ्क्रमण घटेसँगै मन्दिरको स्वामित्वमा रहेका ६५ वटा पसलको भाडा उठन थालेको छ”, अध्यक्ष महताले भन्नुभयो, “प्रसादको ठेक्का मात्रै रु ५० लाख भन्दाबढी गएको छ, केही रकम मन्दिमा चढाइने भेटीबाट उठ्छ ।” भारतीय व्यापारीहरुले सीमा क्षेत्र नजिकै बसेर प्रसाद बेच्न थालेपछि प्रसादको ठेक्का लगाउने कार्यमा केही असजिलो हुन थालेको उहाँको भनाइ थियो ।

सङ्कलित रकममध्ये ५० प्रतिशत मन्दिरका भौतिक संरचना निर्माण, मर्मतसम्भार र कर्मचारीको तलबमा खर्च हुने गरेको छ । नगरपालिकासँग समन्वय गरी सडकलगायत पूर्वाधार विकासमा मन्दिर व्यवस्थापन समितिले रकम लगानी गर्दै आएको छ । सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकको तलवका लागि केही रकम मन्दिरकै आम्दानीबाटै दिने गरिएको छ । मन्दिर परिसरमा धर्मशाला, सुलभ शौचालय, यज्ञशाला, मन्दिरलगायत संरचना निर्माण गरिएका छन् । निर्माण गरिएका संरचना मन्दिरकै आम्दानीबाट बनाइएका हुन् ।

भारतमा रहेको पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धनाथ बाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय दर्शनार्थी प्रतिवर्ष पुग्ने गरेको ब्रह्मदेवका बासिन्दा खेमराज पनेरुले बताउनुभयो । “सिद्धनाथ बाबाको दर्शन गरे सबै मनोकामना पूरा हुने विश्वास छ”, उहाँले भन्नुभयो, “त्यै भएर भारतीय दर्शनार्थीको यस मन्दिरमा भीड लाग्ने गरेको छ ।”

मन्दिर परिसरमा ठूलो पीपलको रुख छ । त्यसै रुख रहेको क्षेत्रमै प्राचीन सिद्धनाथ बाबाको मन्दिर रहेको छ । मन्दिर रहेकै स्थानमा ब्रह्मदेव बजार रहेको छ । बजारका मुख्य ग्राहक भारतीय हुने गरेका छन् । उक्त बजारमा भारतीय रुपैयाँमै कारोबार हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।