खोटाङको दिक्तेलमा ९० लाखमा बनेको कोल्ड स्टोर उपयोग विहीन

खोटाङ, २७ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोग विहीन भएको छ ।

संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन बनेको हो । उद्घाटन गरिएको ६ महिना बित्दा समेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा ल्याउन सकिएको छैन । ३० टन भार क्षमताको कोल्ड स्टोर २५ चैत २०७८ मा तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुललगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो । सार्वजनिक २ रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिन्छ ।

चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफुल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैं भइरहेको छ । जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ ।

नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखेदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।