डेंगु नियन्त्रणमा स्थानीय सरकारकाे सक्रियता : डोकोमा बाेकेर दुर्गम गाउँमा फगिङ्ग मेसिन

उदयपुर, ३० असोज । कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई गाउँ तह सम्म पुर्‍याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ ।

नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दाहालले शंकास्पद ज्वरोका बिरामी देखिएपछि कटारी नगरपालिका–१ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पठाएको जनाएका छन् ।

कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको छ । कटारी अस्पतालका सूचना अधिकारी नविन बस्नेतले अस्पतालमा नियमित ज्वरोका बिरामी आउने गरेको बताए । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेंगु परीक्षण गर्ने गरेका छौं ।’ बस्नेतले भने, ‘ज्वरो आउने बित्तिकै डेंगुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ । सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामग्री बोकेर नगर प्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖