धनकुटा महालक्ष्मीका बस्नेत सहित मोरङबाट २ जना पक्राउ

मोरङ । गत असोज ३० गते रातको अन्दाजी १ बजे मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.-४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी राखी सोही गाडीमा सुति रहेका चालक राम वहादुर गिरीको सामान चोरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट सुनको सिक्री थान -१,सुनको ब्रासलेट थान-१,मोवाईल थान-१(SAMSUNG F22),नगद रू ४५ हजार ,ATM कार्ड थान-१ र राजश्व तिरेको रसिद बरामद गरिएको छ ।

पक्राउ परेकालाई मोरङ जिल्ला अदालतबाट डाका मुद्दामा ३ (तीन)दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको साथै घटनामा संलग्न अन्यको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो पनि…
देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने
काठमाडौँ, ४ कात्तिक (रासस) :नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रममा निमित्त कुलपति डा जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुनामदनलाई चिनियाँ एवं तिब्बती भाषामा उल्था गर्ने र भारतका साहित्यकार सङ्ग्रहालय परिसरमा ल्याएर अन्तररक्रिया गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सङ्ग्रहालयमा देवकोटाका बारेमा विभिन्न विश्वविद्यालयबाट भएका शोध प्रबन्ध ल्याएर राख्नुपर्ने बताउनुभयो । सङ्ग्रहालयलाई समृद्धशाली बनाउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले धोबीधारास्थित देवकोटा जन्मिएको घरलाई पनि सङ्ग्रहालय बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । पुरातत्व विभागको समन्वयमा देवकोटा सङ्ग्रहालय पहिलेकै घरको स्वरुपमा बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले देवकोटालाई सूर्यविक्रम ज्ञवालीले पहिलोपटक महाकवि उपाधि दिनुभएको सुनाउनुभयो । प्राज्ञ प्राडा उषा ठाकुरले देवकोटाको भारतीय साहित्यकारसँगको सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा निमित्त सदस्य सचिव प्राडा हेमनाथ पौडेल, प्राज्ञ प्राडा देवी नेपाल, महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, देवकोटाकी छोरी अम्बिकादेवी रिमाल, साहित्यकार रामेश्वर राउत मातृदास र गोविन्द गिरि प्रेरणालगायतले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा कवयित्री मञ्जिला, कवयित्री देवु लुइँटेल, कवि बलराम दाहाललगायतले देवकोटाका कविता वाचनसमेत गर्नुभएको थियो । विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको जन्मजयन्ती साताव्यापीरुपमा मनाउने क्रममा आज कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।