यी अनलाइनलाई कारबाही गर्न काउन्सिललाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ४ कात्तिक । निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र ह’त्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ ।

रञ्जिता सिलवाल (चितवन)ले आफ्नो चरित्र ह’त्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले काउन्सिललाई सो आग्रह गरेको छ । उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरेको हो ।(रासस)

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण
भैरहवा, ४ कात्तिक (रासस) :गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गर्नुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताउनुभयो ।

पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहनुभएको खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भन्नुभयो, “देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुप¥यो, यी सबैको प्राप्ती नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।”

नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उहाँले बताउनुभयो । “जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताउनुभयो ।

यस्तै पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।” उहाँले आउँदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भन्नुभयो, “विभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितको लागि पाँच दलीय गठबन्धनका आवद्ध भएका छौँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।