खोटाङमा पटका खरिद बिक्री एवं पड्काउन रोक
खोटाङ, ६ कात्तिक । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आ’गला’गी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री र प्रयोगमा पूर्णत रोक लगाएको जनाएको छ ।
प्रशासनले कोही कसैबाट पटका, भुइँचम्पा र रकेट जस्ता वि’ष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । तिहारकाे समयमा पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी हो-हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउँसी भैली सञ्चालन गर्न पनि सूचना जारी गरेको छ ।
सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’
चौतारा, ६ कात्तिक (रासस) :सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा हुनुहुन्छ । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उहाँले स्मरण गर्नुभयो ।
चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भन्नुभयो । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउनुहुन्छ । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।
“यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्नुहुन्छ, “छोरानातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउनुहुन्छ । अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उहाँको विश्वास छ ।


