प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन १९ कात्तिकमा हुँदै, ओलीले उदघाटन गर्ने

काठमाडौं, १६ कात्तिक । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । मञ्चको प्रथम अधिवेशन आगामी १९-२० कात्तिकमा काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने भएका छन् ।

मञ्चको प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र विश्वभरबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताए । ‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरू आउने क्रम जारी छ,’ उनले भने । अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा तय तय गरिएको छ ।

अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट पाँचजनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सयजना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे (अस्ट्रेलिया), सचिवालय सदस्यहरू प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरू विनोद श्रेष्ठ (अस्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम (इजरायल) छन् ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्दाप्रति एमाले गम्भीर रहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।