दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी छलफल

खोटाङ, १९ कात्तिक । भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ । इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्धाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार छलफल आयोजना गरेको हो । इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र कानूनी मुद्धाहरुको विषयमा छलफल गर्न कार्यक्रम गरिएको भिजन फर चेञ्जका व्यवस्थापक गीता बरामुले बताईन् ।

बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्वन्धी भएका गतिविधिहरुको मापन र सो माथि विचार विमर्श गरिएको छ । समय सापेक्ष आवधिक रहन, इन्टरनेट र प्रविधि सम्वन्धी सार्वजनिक नीतिगत छलफलमा जागरुक सहभागिताका लागि इन्टरनेटरप्रविधिका बारेमा छलफल गर्न जरुरी बनेको भिजन फर चेञ्जले जनाएको छ ।

कार्यक्रममा सहभागीले डिभिटल सुशासनका सन्दर्भमा खोटाङका स्थानीय तह कमजोर रहेको औंल्याएका छन् । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले स्थानीय तहमा डिजिटल सुशासनका सवालमा भएका प्रयास कम भएको टिप्पणी गरेका छन् । संघका प्रथम उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, महासचिव मनोज बजिमय लगायतले दक्ष जनशक्ती अभावमा स्थानीय सरकारको डिजिटल सुशासन प्रभावकारी बन्न नसकेको औंल्याएका छन् ।

सूचना, सञ्चार र प्रविधिमार्फत सरकारी सेवा सुविधा प्रदान गर्ने कार्यलाई डिजिटल सुशासन भनिन्छ । राष्ट्रिय परिचय–पत्र, बायोमेट्रिक्स कार्ड, मतदाता परिचय–पत्र, स्मार्ट ड्राइभिङ लाइसेन्स, नागरिक एप, इ–पासपोर्ट, इम्बोस्ड नम्बर प्लेट, जनगणना, स्मार्ट सिटी, कोभिड ट्रयाकिङ एप डिजिटल सुशासन अन्तरगतका सेवा हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।