प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता
काठमाडाैं, ५ मंसिर । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ।
जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।
मधेस प्रदेशः ः धनुषा–३ मा मतगणना जारी
जनकपुरधाम, ५ मङ्सिर (रासस) ः मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।
अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । उहाँका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताउनुभयो ।
त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ ।


