समानुपातिक ‘अपडेट’: एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौँ, ६ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ स्थान र नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छन् । साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) शीर्ष स्थानमा छ । एमालेले आठ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले सात हजार ४११ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६७८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।