नगरले मेसिन लैजान रोक लगाएपछि अस्पतालचोक–दुबेछिवा सडक स्तरोन्नतिको काम सुरू

खोटाङ, १४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीको एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान रोक लगाएपछि अस्पतालचोक–लफ्याङको दुबेछिवा सडक स्तरोन्नतीको काम सुचारु भएको छ ।

निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले अस्पतालचोक (दिक्तेल)–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान खोज्दा नगरपालिकाले गत २० कात्तिकमा फलामे साङ्लोले बाँधेर नियन्त्रणमा राखेको थियो । मेसिन अन्यत्र लैजान नपाएपछि ठेगान लागेको निर्माण व्यवसायीले २६ कात्तिकमा नगरपालिकामा उपस्थित भएर गरेको लिखित कबुलियतनामा अनुसार मंगलबारदेखि सडक स्तरोन्नतिको काम सुचारु गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । 

    ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले नगरपालिकामा उपस्थित भएर सडक स्तरोन्नतिको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेका थिए । तत्कालका लागि सडकको खाल्डाखुल्डी पुर्ने, सम्याउने र ड्रेन कटाएर सवारी साधनलाई सहजरुपमा आवतजावत गर्नमिल्ने बनाउने र निर्वाचन लगत्तै १० मंसिरदेखि निर्माणको काम सुरु गर्ने कबुलियतनामा गरेको निर्माण व्यवसायीले तीन दिन ढिलागरी कामलाई सुचारु गराएको प्रवक्ता घिमिरेले बताए । निर्माण व्यवसायीलाई हालसम्मको सडक स्तरोन्नतको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गराइएको नगरपालिकाले जनाएको छ । 

    ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २८ पुस २०७९ सम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २० जेठ २०७८ मा ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको समयभित्र द्रुततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए । 

    यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ । सगरमाथा सजिवले १५ माघ २०७९ सम्ममा सम्पन्न गर्नेगरी २९ चैत २०८७ मा सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । उसले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । सो खण्डको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको मेयर भट्टराईले बताए । 

    निर्धारित समयमा अस्पतालचोक–लफ्याङको दुबेछिवा र दुबेछिवा–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।