उदयपुरबाट ला’गु औ’षध सहित १ जना पक्राउ

उदयपुर, मंसिर १४ । उदयपुरको कटारी नगरपालिका-६ साँगुरी स्थितबाट अ’वैध ला’गु औ’षध गाँ’जा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो ।

अवै’ध लागु’औ’षध गाँ’जा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो पनि…
आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने हुने
सुन्दरहरैँचा, १४ मङ्सिर (रासस)ः ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो ।

विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच बालबालिका गरी एकसय ६० आश्रित छन्।

मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ । फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै परिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।