सहिद नेपालीको शालिक अनावरण

तनहुँ, ८ पुस (रासस) : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको सहिद चन्द्रबहादुर नेपालीको अर्धकदको शालिकको आज अनावरण गरिएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले सहिद नेपाली छात्राबासको उद्घाटनका साथै शालिकको अनावरण गरी माल्यापर्ण गर्नुभएको हो ।

लोकतन्त्र र प्रजातन्त्रका लागि २००७ साल माघ १ गतेको आन्दोलनमा नेपालीले शहादत प्राप्त गरेपछि उहाँको स्मृतिमा क्याम्पस परिसरमा शालिक निर्माण गरिएको हो । गण्डकी प्रदेशको रु पाँच लाख आर्थिक सहयोगमा सहिद नेपालीको शालिक निर्माण गरिएको हो ।

यसअघि क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्राबास सञ्चालनमा ल्याएसँगै ग्रामीण क्षेत्रका दूरदराजका दलित, गरीब, विपन्न, छात्राले छात्राबासमा बसेर सहजरुपमा पढ्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

हाल उक्त छात्राबासमा तनहुँ, गोरखा, लमजुङलगायतका क्षेत्रबाट दलित, गरीब, विपन्न गरी ३२ छात्रा बसेर पठनपाठन गर्दै आएको छात्राबासका वार्डेन मिना श्रेष्ठले जानकारी दिनुभयो ।

छात्राबासमा बस्नका लागि छात्राहरुको माग अत्यधिक रहे पनि ठाउँको अभावमा राख्न नसकिएको उहाँले बताउनुभयो । छात्राबासको पहिलो तला निर्माण सम्पन्न गरी छात्रालाई राखिएको छ भने दोस्रो तलाको ढलान भएकाले छिट्टै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । दोस्रो तलाको निर्माण सम्पन्न भएपछि पुनःछात्राबासमा छात्राको सङ्ख्या वृद्धि गर्न सकिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलले जानकारी दिनुभयो ।

विसं २०५८ मा दलित छात्राबासको अवधारणा तत्कालीन चितवनका सांसद ऋषिबाबु परियारले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेपछि भवन निर्माणले गति लिएको सहिद चन्द्र नेपाली छात्राबास सञ्चालक समितिका संस्थापक सचिव केशबहादुर सुनारले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि सोही वडास्थित निर्मल माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रमेशचन्द्र हड्खलेले दुई रोपनी चार आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

भवन निर्माणका लागि गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री विक र प्रदेश सांसद सरिता गुरुङको पहलमा रु ३० लाख विनियोजन भइसकेको छ । गत आवमा गण्डकी प्रदेशबाट रु १५ लाख विनियोजन गरिएको थियो ।

त्यसैगरी तत्कालीन भौतिक तथा सहरी विकास मन्त्रालयबाट रु १७ लाख पचास हजार, तत्कालीन जिल्ला विकास समितिबाट रु १५ लाख, गण्डकी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानबाट रु १० लाख, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विकास कोषबाट रु आठ लाख, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्था र अन्य व्यक्तिबाट सहयोग प्राप्त भएको थियो ।

छात्राबास भवन निर्माणका लागि कूल रु एक करोड २५ लाख लागत रहेको र उक्त रकम एकैचोटी जुटाउन नसक्दा पहलकदमी थालेको २१ वर्षपछि छात्राबासको उद्घाटन गर्न सफल भएको सहिद चन्द्र नेपाली छात्राबास व्यवस्थापन समिति आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।