प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने : मुख्यमन्त्री राई

विराटनगर, १६ पुस (रासस) ःप्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उहाँले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना पठाइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले सङ्घीय सरकारले दोहोरो अधिकारका कानुन बनाइ नसेकाले प्रदेश निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन बन्न नसकेको बताउँदै प्रदेशसभा सदस्य र सरकार बलिया हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश सभाध्यक्ष गयानन्द मण्डल गनगाईंले जनप्रतिनिधिले आफ्नो औचित्य सावित गर्न जनताका चाहना र आवश्यकतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनताले अहिले पनि नागरिकता र मल बीउबिजनको समस्या झेलिरहेकाले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उत्पादन र उत्पादकत्व बढाउने किसानको समस्यामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले तालिम र अनुभवबाट नै सांसद प्रदेशसभामा निखारिएर प्रस्तुत हुन सक्ने विचार राख्नुभयो । दुई दिने सो कार्यक्रममा संविधानविद् विपीन अधिकारीले संविधानको आलोकमा सङ्घीयता सवलीकरणमा प्रदेश तथा प्रदेश व्यवस्थापिकाको भूमिका, प्रदेश र प्रदेशसभा सदस्यको विधायिकी भूमिका विषयमा र सहजकर्ता मुकुन्द आचार्यले सभा सञ्चालन र व्यवस्थापन प्रक्रिया र सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयनको निगरानी र लेखापरीक्षणका विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिव पराजुलीले जानकारी दिनुभयो ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।