प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : मुख्यमन्त्री कार्की
विराटनगर, २५ पुस । प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन् ।
उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए । माओवादी केन्द्रले सरकारमा नजाने गरी गरेको निर्णयमाथि पनि छलफल हुने बताए ।
उनले भने, ‘केही दिनमा बसेर समस्या समाधान गछौं ।’ साथै विना विभागिय मन्त्रिपरिषद् विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए ।
सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ ः प्रधानमन्त्री
काठमाडौँ, २३ पुस (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।”
प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उहाँले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताउनुभयो । “देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।


