अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

सिमकोट, २८ पुस (रासस)ः हुम्ला जिल्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएकोे सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।

गत वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी उक्त पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सोही गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।
दुई सय सय ४० थान चुलो ट्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकामा एक सय १७ थान चुलो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पु¥याइएको भाडा सम्बन्धित निकायले नदिएपछि दुई सय ४० चुलो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएकोे बताइएको छ ।

आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उहाँले गुनासो गर्नुभयो । ती चुला ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि भनी लेखिएको छ । उक्त गाउँपालिकाको कुन वडाले उक्त चुलो खरिद गरेको भन्ने पहिचानसमेत हुनसकेको छैन ।

बेवारिसे छोडिएका चुलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७÷७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुलो खरिद गरिएको बताउनुभयो । सिमकोटसम्म पु¥याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त चुलोको एउटा कै रु आठ हजार पाँच सयमा खरिद भएको बताइएको छ । एक हजार एक सय १६ घरधुरीका लागि उक्त चुलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी सात सय ५९ चुलोको अत्तोपत्तो छैन ।

रु चौराननब्बे लाख ९४ हजार पाँच सय लगानी गरी खरिद गरिएकोे चुला अलपत्र अवस्थामा छन् । उक्त गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषमा आफूलाई थाहा नभएको तर फाइल खोज्ने क्रममा ती चुलो वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताउनुभयो ।

दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलो अझैसम्म कसैले पनि नपाएको देखिएको उहाँले जानकारी दिनुभयो । खरिद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भन्नुभयो,“भौगोलिक विकटता र हिमपातका कारण सबै चुलो हुम्लामा पु¥याउन नपाएको उल्लेख गर्दै थप कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न आग्रह गर्नुभयो। अब यस विषयमा छानबिन गरिने उक्त गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।