धनकुटाको पाख्रीवास ९ मातिम्बुमा आजबाट सुरु भएको खुल्ला पुरुष फुटवल प्रतियोगितामा ३ खेल सम्पन्न

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ९ मातिम्बुमा आजबाट खुल्ला पुरुष फुटवल प्रतियोगितामा शूरु भएको छ ।

प्रगतिशिल युवा क्लवको आयोजनामा सञ्चालित फुटवल प्रतियोगिता अन्र्तगत आज पहिलो दिन ३ खेल भएका छन् ।

आयोजक समूह ‘वी’ र उत्तरपानी फुटवल क्लव वीच भएको पहिलो खेलमा ०-३ गोल अन्तरले आयोजक ‘वी’ ले जित हासिल गरेको छ ।

त्यस्तै मार्गा फुटवल क्लब र माम्फिङ फुटवल क्लब वीच भएको दोश्रो खेलमा १ को विरुद्ध २ गोल लगाउदै मार्गा फुटवल क्लब विजयी भएको छ भने सहिदभुमी ठूलोगाउँ वी.एफ.सी फुटवल क्लब र पाख्रीवास फुटवल क्लब वीच भएको तेश्रो खेलमा १ को विरुद्ध ७ गोल लगाउदै सहिदभुमी ठूलोगाउँ वी.एफ.सी विजयी भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएको प्रगतिशिल युवा क्लबका अध्यक्ष कुलवहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी प्रथम टिमले नगद ४० हजार र दोश्रो हुने टिमले नगद २० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

माघ ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन ९ नं वडाध्यक्ष सम्झना आलेको प्रमुख आतिथ्य र वडा सदस्य मदन कुमार आलेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच गरिएको थियो ।

भोलिको खेल विहान १० वजेदेखी हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।