धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता शूरु

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आजदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता शूरु भएको छ ।

प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन आज चौविसे गाउँपालिका र छथरजोरपाटी गाउँपालिका वीच खेल भएको छ ।

यी दुई पालिका वीचको खेलमा सुन्यको विरुद्ध ७ गोल लगाउदै चौविसे गाउँपालिकाले जित हाँसिल गरेको आयोजकले जनाएको छ । २६ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजयी प्रथम टिमले नगद ६० हजार र दोश्रो हुने टिमले नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् । भोलिको खेल दिउँसो १ बजेबाट हुनेछ ।

धनकुटा ७ का शहिद रामकृष्ण श्रेष्ठको पञ्चायती शासनको विरुद्धमा लड्दा २०३० चैत ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रमाथि बम प्रहारको घट्नामा परि निधन भएको थियो ।

श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।