हलेसी तुवाचुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, २६ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित खेलमैदानमा बुधबारदेखि ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु गरिएको हो । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गरेकी छन् । 

प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक/एक र छात्राछात्र कबड्डीमा एक/एक स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने नगरपालिकाका सितोरियो कराते प्रशिक्षक मिलन कसजुले बताए । प्रतियोगीताका स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल र प्रमाण–पत्र पाउनेछन् ।

प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता बन्ने विद्यालयले रनिङ शिल्ड पाउने नगरपालिकाले जनाएको छ । प्रतियोगीतामा १२ वटा सामुदायिक र एक निजी माविको सहभागीता रहेको छ । प्रतियोगीता उद्घाटनका क्रममा विद्यार्थीले मार्च पास गरेका थिए । च्यास्मीटार माबिका विद्यार्थीले मार्च पासबाट नेपालको राष्ट्रिय झण्डाको स्वरुप बनाएर प्रदर्शन गरेका थिए । 

केन्द्रबाट प्राप्त भएको एक लाख अपुग भएपछि नगरपालिकाले थप चार लाख व्यवस्था गरेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान र अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको कसजूले बताए । दुरीको आधारमा विद्यालयलाई ३० हजारदेखि ५० हजारसम्म खर्च उपलब्ध गराइएको छ । 

प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछन् । नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो । विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सतप्रतिशत विद्यालयको सहभागीता रहेको मेयर राईले बताइन् । 

मेयर बिमला राईको अध्यक्षतामा भएको नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य वजिमय, उपमेयर रमेशकुमार राउत, वडाध्यक्ष, राजनीतिक दल, प्रधानाध्यापक, बुद्धिजीवी लगायतको उपस्थिति थियो । 

खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीन वर्षअघि फुटबल र करातेको प्रशिक्षक नियुक्ती गरेको थियो । नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा एकजना मुवाथाई पनि प्रशिक्षक नियुक्ती गरिएको मेयर राईले बताइन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖