जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

मोरङ, ९ फागुन (रासस) :नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसकेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताउनुभयो ।

मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढङ्गले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिनुभयो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, सङ्गठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाईं, प्रदेश अध्यक्ष नरमाया भट्टराईलगायतले अधिकृत र सुब्बा तहमा तलबमा रहेको विभेद हटाउनुपर्ने सुझाव दिनुभएको थियो ।

सोही अवसरमा पूर्वमन्त्री भुसालले सङ्गठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गर्नुभएको थियो । प्रदेश सम्मेलनमा १४ जिल्लाका सङ्गठन आबद्ध कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मलेनले आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।