पाख्रीवासमा आँखा शिविर सञ्चालन
धनकुटा । धनकुटाको पाख्रीवासमा आज आँखा शिविर सञ्चालन गरिएको छ ।
तिलगंगा आँखा अस्पताल काठमाण्डौ र लालीगुराँस नगरपालिका तेह्रथुमको संयुक्त आयोजनामा सञ्चालित आँखा शिविरमा पाख्रीवासका १२७ जनाको आँखा जाँच गरिएको छ ।
ती मध्ये १५ जना मोतिया विन्दुको समस्या देखिएको आयोजकलाई उधृत गर्दै ४ नं वडाध्यक्ष सन्तोष मानन्धरले जानकारी दिनुभयो । उनिहरुलाई आउँदो १६ गते वसन्तपुरमा सञ्चालन हुने शिविरमा अप्रेशनका लागि छनौट गरिएको उहाँले बताउनुभयो ।
शिविरमा तिलगंगा अस्पतालका चिकित्सकको टोलिले सेवा दिएका थिए ।


