ताप्लेजुङको मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

ताप्लेजुङ, २४ फागुन (रासस) :ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो ।

गाउँपालिकाभित्रका सबै गर्भवतीको स्वास्थ्य जाँच गर्न समय तालिका बनाएर विभिन्न स्वास्थ्यचौकीमार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष विजय किराँतले जानकारी दिनुभयो । प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवतीको जाँच गर्ने तालिका बनाएर सेवा दिन थालिएको छ ।

हरेक महिनाको ८ गते मैवाखोला–३ र ४ का गर्भवतीले साँघु स्वास्थ्यचौकीबाट सेवा पाउने छन् भने १६ गते वडा नम्बर ५ र ६ का गर्भवतीले फाकुम्बा स्वास्थ्यचौकीबाट सेवा पाउने छन् । यस्तै हरेक महिनाको २४ गते वडा नम्बर १ र २ का गर्भवतीले ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिनुभयो । तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा उक्त सेवा प्रदान गरिँदै छ । गाउँमै निःशुल्क सेवा पाउन थालेपछि स्थानीयलाई सहज भएको छ । यसअघि उक्त सेवाका लागि यहाँका गर्भवती सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता थियो ।

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद
खजुरा, २४ फागुन (रासस) :बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ ।

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य थियो ।

तीन सय ४० किसानको मध्यम धान सात हजार क्विन्टल र मोटा धान दुई हजार क्विन्टल धान खरिद गरिएको लामिछानेले जानकारी दिनुभयो । जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताउनुभयो ।

“कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्”, उहाँले भन्नुभयो । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको रु तीन हजार एक सय २८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖