संगठन विस्तार र सुदृढीकरणका लागि धनकुटा कांग्रेसको वडा सम्मेलन
धनकुटा,११ चैत्र। संगठन विस्तार र सुदृढीकरण्का लागी नेपाली कांग्रेस धनकुटाले आज वडा सम्मेलनहरु सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ को वडा सम्मेलनमा प्रमुख अथितिको रुपमा सम्बोलन गर्दै नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस धनकुटाले ६० वटै वडामा आयोजना गरेको वडा सम्मेलनले कांग्रेसमा नया उत्साह र उर्जा थपिएको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा वडा नं. ४ का वडाध्यक्ष धन कुमार राईको अध्यक्षमा सम्पन्न भएको वडा सम्मेलनमा जिल्ला सहसचिव रोशन श्रेष्ठ,महासमिति सदस्य सिता श्रेष्ठ,जिल्ला सदस्यहरु रविन्द्र नेपाली,अम्विका परियार, रत्न दर्लामी, नगर उपसभापति अभिषेक कर्माचार्य, नेपाली कांग्रेसका नेताहरु रमेश आमात्य,ज्योती प्रधान,रेणुका कार्की,दोयम प्रधान,दिनेश भण्डारी,नेपाल शिक्षक संघ धनकुटा नगरका पूर्व अध्यक्ष राम वहादुर श्रेष्ठ ,निर्वाचित वडा सदस्यहरु टिका श्रेष्ठ,दुर्गा शिवा लगायतले नेपाली कांग्रेस धनकुटाले संगठन विस्तार र सुदृढीकरण गर्न विशेष अभियान संचालन गर्नु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ का उपसभापति गोविन्द्र राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन अर्का उपसभापति शम्भु प्रधानले गर्नु भएको थियो ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ७ को नेपाली कांग्रेसका वडा सभापति शैलेसमान श्रेष्ठको अध्यक्षतामा भएको वडा सम्मेलनमा उपसभापति सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य तथा वडाध्यक्ष रोशेष श्रेष्ठ,बुद्धीकान्त घिमिरे,क्षेत्रिय प्रतिनिधिहरु रमेश श्रेष्ठ,हरी वहादुर लम्जेल,सावित्रि श्रेष्ठ,शैलेस श्रेष्ठ,वडा सचिव उक्र्गेन शाक्य,वडा उपसभापति रोशन राज अमात्य ,नगर महिला अध्यक्ष राधा बजगाई ,महोन घिमिरे लगायतले अव कांग्रेसको संगठन विस्तार गर्दै कांग्रेसकै नेतृत्वमा विकास निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ४ मा जिल्ला सभापतिको प्रमुख आथित्यमा वडा सम्मेलन भएको र पाख्रिवास नगरपालिका वडा नं. १ मा जेष्ठ कांग्रेसलाई सम्मान गर्दै वडा सम्मेलन गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य अम्विका धमलाले वताउनु भयो । धनकुटा नगरपालिका वडा नं. ३ मा वडा सभापति पदम भण्डारीको अध्यक्षतमा वडा सम्मेलन भएको जिल्ला सदस्य मिन वहादुर काकीैले वताउनु भयो ।
धनकुटा जिल्लाका अधिकांस वडाहरुमा नेपाली कांग्रेसका वडा सम्मेलनहरु आज सम्पन्न भएको जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो । विशेष कारणले हुन नसकेको केही वडाहरुमा एक साता भित्र धनकुटा जिल्लाका सवै वडाहरुमा वाड अधिवेशन अनिवार्य गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


