जिल्ला सम्मेलन समुद्घाटनमा आउन महामन्त्री थापालाई नेपाली कांग्रेस धनकुटाको निम्तो
धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अबको राजनीति पुस्तान्तरण र रुपान्तरणको चरणमा रहेको ताउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटाको टोली सँग वीहिवार काठमाण्डौमा भएको भेटघाट तथा छलफलको क्रममा महामन्त्री थापाले त्यस्तो बताउनुभएको हो । उहाले नेपालको राजनीति पुस्तान्तरण र रुपान्तरणको चरणमा रहेको भन्दै अव कांग्रेसले नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने उल्लेख गर्नुभयो ।
छलफलको क्रममा नेपाली कांग्रेस धनकुटाको टोलिले महामन्त्री थापालाई पार्टीको जिल्ला सम्मेलन समुद्घाटनका लागि धनकुटा आउन औचारिक निमन्त्रणा गरेको छ । नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई,उपसभापति निर्मल प्रसाद ओझा,जिल्ला सचिव विजय सन्तोषी राई,महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया,विद्यार्थी नेता बिर्मशमान अमात्य लगायतले नेता थापालाई भेटेर संगठन सुद्धृढीकरण र मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै पार्टीको जिल्ला सम्मेलन समुद्घाटनका लागि आउन औपचारिक निम्तो गरेका थिए ।
पार्टीको विधान अनुसार प्रत्येक एक÷एक वर्षमा जिल्ला सम्मेलन गर्नु पर्ने व्यवस्था भए अनुसार आगामी बैशाख २३ गते नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन गर्ने तयारी भईरहेको जिल्ला सभापति दिनेश राईले वताउनु भएको छ । निम्तोलाई स्वीकार्दै नेता थापाले जिल्ला सम्मेलन उद्घाटनका लागि आफु जसरी भएपनि धनकुटा आउने बचन दिनुभएको जिल्ला सविच विजय सन्तोषी राईले जानकारी दिनुभयो ।


