कांग्रेस धनकुटाको प्रदेश सभा (१) क्षेत्रिय कार्य समितिको सम्मेलन सम्पन्न
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका डाडाबजारमा नयाँ नीति कार्यक्रम पास गर्दै नेपाली कांग्रेस धनकुटाको प्रदेश सभा (१) क्षेत्रिय कार्य समितिको सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले सयम अनुकुल कार्यकर्ताहरुको भावना अनुरुप नेपाली कांग्रेसलाई रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिनु भएको छ । पार्टीका पूर्व आमन्त्रिक केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले समग्र मुलुकको विकासका लागि नेपाली कांग्रेसको नेतृत्व आवाश्यक रहेको वताउनु भयो ।
प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्यसमिति प्रदेश सभा (१) धनकुटाका सभापति जितेन्द्र राईको अध्यक्षतमा सम्पन्न सम्मेलनमा नेपाली कांग्रेस धनकुटका उपसभापति सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,नेता कमोट फागो,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, क्षेत्र नं २ का सभापति राजन पौडेल,पूर्व महासमिति सदस्य दुर्गा सुवेदी,धनकुटा नगर सभापति नरेश श्रेष्ठ,सागुरीगढीका सभापति नेपाल धन राई,सहिदभूमी गाउपालिकाका सभापति टंक राई,वडा नं.६ का वडाध्यक्ष यम प्रकाश मगर,वडा नं. ५ का वडा सभापति ओम प्रकाश लिम्बु लगायतले कांग्रेसलाई अव नयाँ नीति तथा कार्यक्रमका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए । कार्यक्रमका स्वागत मन्तव्य क्षेत्रिय उपसभापति मिलन खड्गीले राख्नुभयो ।
कार्यक्रमको संचालन सहसचिव टंक थापाले गर्नु भएको थियो । सम्मेलनमा प्रदेश सभा क्षेत्रिय कार्य समति क्षेत्र नं (१) धनकुटका सभापति जितेन्द्र राईले प्रस्तुत गर्नु भएको राजनैतिक ,सांगठानिक प्रतिवेदन,आर्थिक प्रतिवेदन र भावी कार्यक्रमहरुमा छलफल गरी नयाँ नीति तथा कार्यक्रमहरु समेत पास गरेको छ ।


