पाठेघर परिक्षण तथा शल्यक्रिया सम्बन्धि एकदिने स्वास्थ्य शिविरमा १ सय १३ जनाले सेवा लिए

धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकामा सञ्चालित पाठेघर परिक्षण तथा शल्यक्रिया सम्बन्धि एकदिने वृहत स्वास्थ्य शिविरमा १ सय १३ जना महिला दिदीवहिनीहरुले सेवा लिएका छन् ।

महिला दिदीवहिनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै जिल्ला अस्पताल धनकुटाको आयोजना तथा स्वास्थ्य कार्यलय धनकुटाको प्राविधिक सहयोगमा गाउँपालिका पिप्लेमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उल्लेखित संख्याका महिलाहरुले सेवा लिएको अस्पतालले जनाएको छ । ती मध्ये आङ खसेको समस्या ७ जनाको अपरेशन गर्नुपर्ने, पिसाव चुहिने समस्या १० जना, पाठेघरको मुखको क्यान्सर जाँच गरिएको ४० जना मध्ये ५ जनाको पोजेटिभ नतिजा देखिएको छ ।

त्यस्तै स्त्री रोग ३३ र इम्प्लान्ट सम्बन्धि ६ जनाले सेवा लिएका छन् । शिविरको उद्घाटन शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राईले गर्नुभएको थियो । शिविरमा प्रशुती स्त्री रोग विषेशज्ञ डा अमिताभ ठाकुर सहित जिल्ला अस्पताल धनकुटाका १४ र गाउँपालिकाको स्वास्थ्य शाखाको ९ जना चिकित्सकको टोलिले सेवा दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।