छथर जोरपाटी गाउँपालिका : ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” पालिका घोषणा

धनकुटा,६ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकालाई “ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” पालिका घोषणा गरिएको छ ।

आज एक कार्यक्रमका बिच खोप समन्वय समितीका अध्यक्ष तथा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले पालिका लाई “ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” पालिका घोषणा गर्नु भएको हो । स्वाथ्य स्वयम सेविका , स्वाथ्य कर्मिको सहयोगमा पालिका भित्रका घरघुरी सर्वेक्षण गरि जन्मेको १५ महिना भित्र १३ प्रकारका राष्ट्रिय नियमित खोप पुरा गरेका वालवालिका र त्यस समयमा छुटेका वालवालिकाको समेत पहिचान गरि १६ महिना देखि ५९ महिना सम्ममा खोप लगाई सकेको अवस्था भएको खण्डमा १ बर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हुने भएकोले छथर जोरपाटी गाउँपालिकाका सबै वडा यस अघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भई सकेकोले पालिका लाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छथर जोरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी कार्यलयका कर्मचारी, स्वाथ्यकर्मि लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।