भरियाभन्दा पनि सुन ल्याउने मुख्य मान्छे पक्राउ गर्नुपर्योः रघुजी पन्त

काठमाडौ, १० साउन । नेकपा (एमाले) का नेता रघुजी पन्तले पछिल्लो समय पक्राउ परेको सुनको वास्तविक मालिक पक्राउ गर्न माग गरेका छन् ।

आज (बुधबार) एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीबीच कुराकानी गर्दै उनले उक्त प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्न आवश्यक रहेको बताएका हुन् ।

‘पछिल्लो समय सुन पक्राउ गरेको छ । यसको गम्भीरतापूर्वक छानविन हुनुपर्छ । भरियाहरुभन्दा पनि सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसको जडसम्म पुग्नुपर्छ । पक्राउ गरेर सुन तस्करीको प्रक्रियामा जो–जो सामेल छन् कारबाही गर्नुपर्छ । काम चाहिँ नगर्ने, मन्त्रीहरु ठूला–ठूला कुरा गर्दै हिँड्ने ? त्यो चाहिँ भएन, दोषी पत्ता लाग्नुपर्यो,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।