कोशी सरकार विवाद मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, १० साउन । कोशी प्रदेश सरकार विवादको मुद्दा आज पनि हेर्दाहेर्दै राखिएको छ । सर्वोच्चको पूर्ण इजलासमा मंगलबारदेखि जारी रहेको सुनुवाईमा आज फैसला आउने भनिएपछि अन्ततः मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलासमा सुनुवाई भइरहेको उक्त रिट कोशी प्रदेशका निवार्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर सरकार गठन गरेका थिए । सभामुखले कुनै पनि दलले सरकार निर्माण गर्दा बहुमतका लागि हस्ताक्षर गर्ने प्रवधान संविधानमा नरहेको भन्दै उनी सर्वोच्च गएका हुन् ।

सर्वोच्चले यसअघिको अल्पकालीन आदेशमा कोशी सरकारका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै पनि प्रकारका फैसला नगर्न भनेको थियो । दुवै पक्षका तर्फबाट सुनुवाई सकिएकाले फैसला भोलि आउने बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।