खडेरीले बाली सुक्यो , अझै हुन सकेन धान रोपाइँ

मन्थली, ११ साउन । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।

जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेँसीलगायतका ठाँउमा उल्लेख्यरुपमा अझै धान रोपाइँ हुन सकेको छैन । पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ । बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन् ।

धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली मकै, गहत, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन् । जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीँ पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन ।

जिल्लामा रहेको कूल खेतीयोग्य जमिन ५० हजार नौ सय आठ हेक्टर रहे पनि धान रोप्न योग्य जमिन सात हजार आठ सय ५९ हेक्टर रहेको छ । त्यसमध्ये अहिलेसम्म करिब ४४ प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो । यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन् ।

रामेछापमा मात्र होइन सिन्धुलीका बढी धान उत्पादन हुने सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पनि पर्याप्त धान रोपाइँ हुन नसकेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।