‘ईपीएस मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने देशमध्ये नेपाल सर्वोत्कृष्ट’ : गलत सूचनामा विश्वास नगर्न आग्रह

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विषयमा सामाजिक सञ्जालमा आइरहेका गलत सूचनामा विश्वास नगर्न ईपीएस कोरिया शाखाले आग्रह गरेको छ । शाखाको लेटरप्याड किर्ते गरी ‘तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै भ्रम छर्ने काम भइरहेकाले त्यस्ता सूचनामा विश्वास नगर्न वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले सूचना जारी गरेको छ ।

‘नेपालीहरुमाझ लोकप्रिय बन्दै गइरहेको रोजगार अनुमति प्रणाली ईपीएसलाई केही व्यक्रि एवं समूहहरुले सामाजिक सञ्जालमा विभिन्न पेज समेत बनाइ कतिपयहरुले ईपीएसको लोडो एवं लेटरप्याड समेत राखी भ्रामक र नक्कली फेसबुक खोल्ने, भ्रामक विषय लेखी समाचार बनाइ जथाभावी पोस्ट गर्ने एवं त्यस विषयमा सत्य तथ्य नबुझी अरुले समेत शेयर गर्ने लगायतका कार्य गरी कानुन विपरीत गतिविधि गरिरहेको हुँदा विश्वास नर्गुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, शाखाको सूचनामा उल्लेख छ ।

यस्तो कार्यमा संलग्नहरुलाई साइबर अपराध अनुसार कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्र पठाइसकेको पनि शाखाले जनाएको छ । यस्तै कुनै पनि आधिकारिक सूचनाहरुको लागि सम्बन्धित शाखाको वेबसाइट www.epsnepal.gov.np तथा राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना हेर्न पनि शाखाले आग्रह गरेको छ ।

ईपीएस प्रणाली लागू भइसकेपछि सरकारी प्रणाली (जीटूजी)मार्फत सन् २००८ देखि अहिलेसम्म ९० हजार भन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै यो प्रणालीमार्फत २२ हजार १९२ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । ईपीएस मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विभिन्न १६ देशमध्ये नेपाल सर्वोत्कृष्ट भएको ईपीएस कोरिया शाखाको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।