माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा अगामी परीक्षामा गणितमा पनि २५ नम्बरको प्रयोगात्मक परीक्षा हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।

सरकारी विद्यालयमा विषयगत शिक्षक र गणितको प्रयोगशालाको समेत अभाव भएको अवस्थामा गणितजस्तो विषयमा आन्तरिक मूल्यांकनको अंकले एसइईको नतिजामा माथिलो ग्रेडको संख्या वृद्धि गर्नेबाहेक विद्यार्थीको शिक्षण सिकाइ र क्षमता वृद्धि हुने देखिँदैन। राष्ट्रिय परीक्षा बोर्डका एसइई परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले यसपटकको एसइई परीक्षामा २ लाख बढी विद्यार्थी १.६ जिपिएभन्दा कम समूहमा परेको भन्दै सरकारले गणितलाई थप व्यावहारिक बनाउन २५ नम्बर आन्तरिक मूल्यांकनको व्यवस्था गरेको दाबी गरे।

‘यसपटक एसइईमा डी र ई समूहमा २ लाख बढी विद्यार्थी परेका थिए,’नियन्त्रक श्रेष्ठले भने, ‘गणितबाहेक सबै अनिवार्य विषयमा आन्तरिक मूल्यांकन २५ नम्बरको कायम छ। अन्य विषयको नतिजा राम्रो देखियो। विद्यार्थीको जीवनलाई गणितसँग जोड्न हालै कार्यन्वयनमा आएको कक्षा १० को नयाँ पाठ्यक्रमले गणितमा पनि २५ नम्बरको आन्तरिक मूल्यांकनको व्यवस्था गरेको हो।’ तर नियन्त्रक श्रेष्ठले पनि आन्तरिक मूल्यांकन कार्यान्वयन पक्षलाई थप व्यवस्थित बनाउनेपर्ने आवश्यकता आंैल्याए। सरकारले गणित विषयलाई व्यावहारिक बनाउने उदेश्यले २५ नम्बरको आन्तरिक मूल्यांकनको व्यवस्था गरेको भए पनि विद्यालयका शिक्षकहरूले नैतिकताको आधारमा दिने अवस्था नभएकाले यसको कार्यान्वयन उचित तरिकाले नभए घातक हुने संकेत गणितका शिक्षक डिल्लीराम पौडेलले गरे। विश्व निकेतन माविका शिक्षक पौडेलका अनुसार वास्वतमा गणितमा प्रयोगात्मक भए मात्र विद्यार्थीले सिकाइ गर्छन्। तर हामीकहाँ शिक्षकहरूले सहजै पास गराउने मनसायले खुरुखुरु नम्बर दिने विकृति पनि कायमै रहेको अवस्थामा गणित विषयमा समबन्धित निकायले आन्तरिक मूल्याँकनमा नियमन र अनुगमन अनिवार्य गर्नुपर्ने उनको अनुभव छ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा अगामी परीक्षामा गणितमा पनि २५ नम्बरको प्रयोगात्मक परीक्षा हुने भएको छ। चालु शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएसँगै अब विद्यालयले नै गणितमा पनि २५ नम्बरको आन्तरिक परीक्षा लिने व्यवस्था नयाँ पाठ्यक्रमले गरेका छ।

हालै प्रकाशित एसइई नतिजामा कुल ४ लाख ८३ हजार ५ सय ६५ विद्यार्थी सहभागिता जनाएकोमध्ये गणितमा डी र ई आर्थत् ३० भन्दा कम अंक ल्याउने विद्यार्थीको संख्या २ लाख ४ हजार २ सय ६८ रहेको थियो। त्यसमा सबैभन्दा बढी अर्थात् ४२.२४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको विषय नै गणित थियो । -नागरिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।