तीन ब्यापारीमा केन्द्रित छ सुन प्रकरणको अनुसन्धान

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको झण्डै एक सय किलो सुनसहितको सामग्री राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

सुनको यकिन परिमाण भने अझै आइसकेको छैन । यद्यपि यो प्रकरणले संघीय संसदको दुवै सदनमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् ।

अहिलेसम्म मुख्य कारोबारीसम्म पुग्न नसकिएको भनिएको यो प्रकरणमा मुख्यतः तीन जनामाथि विशेष अनुसन्धान भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहरिँदै गर्दा साउन २ गते ठूलो परिमाणको सुनसहितको सामान राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

मोटरसाइसकलको ब्रेकसुमा रहेको भनिएको सुन करिब करिब १ सय किलो रहेको अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म सुनको यकिन परिमाण भने आइसकेको छैन ।

ब्रेकसुमा रहेको भनिएको सुन गालेर निकाल्नुपर्ने भएकाले बरामद गरिएको सुनसहितको उक्त सामान राष्ट्र बैंकमा राखिएको छ ।

नेपालको स्थल र हवाइ नाकाबाट ल्याइएका सुन बारम्बार बरामद गरिए पनि सुनको मुख्य कारोबारी को हो भन्ने कुरा अहिलेसम्म सार्वजनिक हुनै सकेका छैनन् ।

त्यसैले पछिल्लो पटक ठूलो परिमाणको सुन बरामद गरिएपछि भने प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय समिति नै बनाएर छानबिन गर्नुपर्ने माग गर्दै आएको छ ।

एमालेले शुक्रबार पनि यहि विषयलाई लिएर संसद बैठक अवरोध ग¥यो । तर सुन तस्करीका सम्बन्धमा अहिले मात्र होइन, आज भन्दा २४ वर्षअघि पनि तस्करीको पत्ता लगाउन भन्दै संसदीय छानबिन समिति बनेको थियो ।

२०५६ सालको संसदमा तत्कालिन नेकपा एकीकृतका सांसद परि थापाको नेतृत्वमा गठित छानबिन समितिले प्रतिवेदन नै तयार गरी संसदमा पेश गरेको थियो ।

त्यतिबेलाको प्रतिवेदनमा पनि ब्यापारी दीपक मलहोत्रासहितको नाम उल्लेख थियो ।

मलहोत्राले विदेशी मुद्रा निकासी गरी अवैध रुपमा सुन भित्र्याउने गरेको प्रतिवेदनमा उल्लेख थियो ।

जतिबेला मलहोत्रासहित, अनिल जाटिया, प्रकाश वेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह, ताहिर शाह, प्रकाश टिवडेवाला, धोजेन्द्र गौचन, विष्णु जोशी, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँर पनि अवैध कारोबारी रहेको प्रतिवेदनमा उल्लेख थियो ।

पछिल्लो पटक सुन बरामद गरिएपछि पनि मलहोत्राले हतारहतार पत्रकार सम्मेलन नै गरी आफू त्यस सुन प्रकरणमा संलग्न नभएको भन्दै सफाइ दिएका थिए ।

आफू विगतमा सुन ब्यापारमा संलग्न भए पनि पछिल्लो समय त्यस्तो ब्यापारमा नभएको उनको प्रष्टीकरण थियो ।

यो प्रकरणमा रेडि ट्रेडका नाममा सुनसहितको सामान आयात भएकाले उक्त कम्पनीको मालिक भनिएका दोलखाका दीलिप भुजेल, चिनियाँ नागरिक जिक्वान लिन, एक भारतीय नागरिक, भन्सारका कर्मचारीहरुसहित १७ जना पक्राउ परेका छन् ।

पक्राउ परेका ब्यक्तिहरुका घर तथा गोदामहरुमा छापा मारी अन्य सामानहरु पनि बरामद गरिएका छन् ।

मुख्य तस्करी पक्राउ नपरेको भन्दै राजनीतिक आक्षेपहरु लाग्नुका साथै घेराबन्दीकै बीच पनि विभागले आफ्नो अनुसन्धानलाई तीब्र पारेको छ ।

खासगरी सुन प्रकरणमा संलग्न नभएका दाबी गरेका मलहोत्रा र विवादस्पद ब्यापारी राकेश अडुकिया र अर्का एक ब्यापारीमाथि अनुन्धान केन्द्रित रहेको विभाग स्रोतको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।