एकै पटक जन्मेका तिम्ल्याहा दिदी बहिनी एकै पटक गर्भवती !

एजेन्सी । अमेरिकाको क्लालिफोर्नियामा जन्मेका तिम्लिया दिदी बहिनी एकै पटक गर्भ वति भए पछि चर्चामा छाएका छन् ।बेलायतको मिरर डट सि‌ओ डट यूकेका अनुसार यी तीनै जना दिदी बहिनी एकै पटक गर्भ वती भएका छन् । यी तीन दिदी बहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् ।

दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले उक्त सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्का सँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।

निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबै भन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।

उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन्। जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म ग’र्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चि’च्याउन थाले ।

उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।माइली निनाका अनुसार एक वर्ष अघि देखि उनले आफ्ना श्रीमान सँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदी बहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।