चोरी भएको भैंसीले आफ्नै चोर पत्ता लगाएपछि

एजेन्ली । भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ ।

कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए ।

यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए ।

केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो ।

वरिष्ठ प्रहरी उपरीक्षक विजयकान्त मिश्राले भने, ‘हामीले भैँसीलाई आफ्नो चाहना छनोट गर्न दिने विषयमा विचार गर्‍यौं । जब वीरेन्द्र र धर्मेन्द्रले भैँसीलाई बोलाए तब भैँसी धर्मेद्रको साथमा गयो र यो विवावद टुंगियो ।’

वीरेन्द्रले आफ्नो उजुरीमा धर्मेन्द्रले आफ्नो भैँसी चोरेर रसुलावाद गाउँका एक मुस्लिम किसानलाई बेचेको आरोप लगाएका थिए । मुस्लिम किसान जब पशु मेलामा भैँसीलाई बेच्न गएका थिए, त्यहाँ वीरेन्द्रले उसलाई समात्दै भैँसी आफ्नो भएको दावी गरे ।

केही समय त्यहाँ विवाद पनि भएको थियो । धर्मेन्द्रबाट आफूले भैँसी खरिद गरेको मुस्लिम किसानको बयानपछि वीरेन्द्रले धर्मेन्द्रविरुद्ध प्रहरीकोमा उजुरी दिएका थिए ।

प्रहरी चौकीमा धर्मेन्द्रले भैँसी आफ्नो भएको र केही दिनअघि १९ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।