‘एक प्याराग्राफ पनि अंग्रेजी लेख्न जान्दैनन्, यस्तालाई राजदूत बनाए देशकै बेइज्जत हुन्छ’

काठमाडौं,१६ साउन ।प्रस्तावित विभिन्न देशका राजदूतविरुद्ध परेको उजरीमाथि छलफल गर्न संसदीय सुनुवाइृ समितिको बैठक बसेको छ ।

सरकारले विभिन्न नियोग तथा देशमा गरी गत असार २८ गते ६ जना परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीलाई राजदूत बनाएर पठाउने निर्णय गरेपछि संसदीय समितिले सोमबार सम्मको समय दिएर कुनै उजुरी भए दिन आव्हान गरेको थियो ।

समितिले दिएको समयभित्र अन्य प्रस्तावित राजदूतविरुद्ध उजुरी नपरेपनि एक प्रस्तावित राजदूतविरुद्ध भने अनौंठो उजुरी परेको छ । परराष्ट्र मन्त्रालयमा कार्यरत एक कर्मचारीले नाम र पद उल्लेख नगरी यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीविरुद्ध अंग्रेजी नजान्ने र आजसम्म कुनैपनि लिखित जाँच पास नगरी उच्च तहमा पुगेको भनी उजुरी दर्ता गरेका छन् ।

प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीका विषयमा उजुरीकर्ताले मन्त्रालयमा क्षेत्री ‘टीक लगाएर छिरेको र त्यसपछि कहीँ कतै पास नभएको’ उजुरीमा उल्लेख छ ।

“टिक लगाएर मन्त्रालयमा छिरेका हुन् र त्यसपछि आजसम्म कहिले पनि पास भएका छैनन्,” उजुरीकर्ताले लेखेका छन्, “यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्, यिनलाई टेस्ट लिन सकिन्छ । यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन् ।”

गत असार २८ मा सरकारले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, यूएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।