प्रचण्डलाई सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन माओवादी नेताहरुकै दबाब

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को हिजोदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नेतृत्वको गलत कार्यशैलीको कारण पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे ।

उनीहरुले नेताहरुले आफ्नो सचिवालयमा छोरा–छोरी, ज्वाँई, भाई र भतिजाहरु राखेको र असल नेता तथा कार्यकर्ताहरु पाखा लगाईएको गुनासो गरेका थिए । केन्द्रीय सदस्य ओम शर्माले त अध्यक्ष प्रचण्ड यही तवरले नेतृत्वमा अर्को २० वर्ष नेतृत्वमा रहेपनि समाजवादको लक्ष्यमा पुग्न नसकिने ठोकुवा गरे ।

अरु नेताहरुले पनि माओवादीका अहिले सरकारमा भएका नेताहरुले सचिवालयमा आफ्ना आफन्तबाहेक अरुलाई अवसर नदिएको गुनासो गरे । उनीहरुले नेतृत्वले र लाभको पदमा हुनेले परिवारलाई सचिवालयमा राख्नुले पनि माओवादी भ्रष्टीकरणको बाटोमा अघि बढेको प्रमाण भएको दाबी गरेका थिए ।

उनीहरुले जनयुद्धकालमा नेतृत्वलाई जनताका छोराछोरीले सहयोग गरेको भएपनि अहिले सत्ता र शक्तिमा आएपछि भने आफ्नै सन्तान आवश्यक हुनुले पनि पार्टीको भविष्य खराब रहेको स्पष्ट हुने धारणा राखेका थिए । कतिपयले त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रमुख स्वकिय सचिवमा छोरी गंगा दाहाललाई राखेकोमा आपत्ति जनाए ।

उनीहरुले प्रचण्डको छोरी–मोहको कारण बालुवाटार र सिंहदरबारमा पार्टीका असल नेता तथा कार्यकर्ताहरुले आफ्नो सुप्रिमोलाई भेट्ने र दुःख सुखका कुरा राख्ने अवसरसमेत नपाएको गुनासो पोखेका छन् । उनीहरुले अध्यक्ष प्रचण्डलाई सुध्रिने हो भने पहिला सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन घुमाउरो तरिकाले सुझाव दिएका छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न र आलोचना गरेका छन् । केन्द्रीय कमिटीको बैठक आजपनि जारी छ । आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका छन् । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेडेकोले यसलाई निश्कर्षमा पुर्याएरै छाड्ने उद्घोष गरेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा आफूले भ्रष्टाचारका ठूला ठूला फाइल खोलेको भन्दै अब कारबाही गर्दै जाँदा आफ्नै पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएको पाईए नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।